काठमाडाैँ । देशभर फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदा राजधानीस्थित सिंहदरबारमा भीषण आगलागी भएको थियाे ।
प्रदर्शन उग्र बन्दै जाँदा आक्रोशित समूहले सिंहदरबारमा आक्रमण गरी आगो लगाएको थियो। आगलागीका कारण सिंहदरबारको ऐतिहासिक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
आगोका लप्काले भित्र रहेका महत्वपूर्ण कागजात, सामग्री र संरचनाहरू जलेर नष्ट भएका छन्। हाल आगलागीपछि सिंहदरबार भित्रको अवस्था अत्यन्तै दर्दनाक देखिएको छ ।
भित्ताहरू भत्किएका, कागजहरू खरानीमा परिणत भएका छन् । घटनास्थलका तस्बिर र भिडियोहरूले क्षतिको भयावहता झल्काउँछन्।