जुम्ला । जुम्लाको सिजा, हिमा गाउँपालिकामा, स-शक्त बालिका परियोजना संचालन भएका स्थानीय तहका विज्ञान, गणित शिक्षकहरुका लागि स्टिम एजुकेशन सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको ।
विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउँने उद्देश्यले गत बुधबारदेखि जुम्ला बजारमा आयोजना गरिएको पाँच दिने स्टीम एजुकेशन तालिम आईतबार सम्पन्न भएको हो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो ।
स्टिम एजुकेशन प्रशिक्षक याम नारायण महताेले,'अहिलेको समय सापेक्ष अनुसार स्टिम एजुकेशन व्यवहारिक र व्यवसायिक शिक्षा रहेको बताए ।' महताे स्टिम एजुकेशनमा शैक्षिक क्षेत्रमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणितीय खोज अनुसन्धानमुलक शैक्षिक विषय रहेको उल्लेख गर्दै यसलाई शिक्षण विधि र शिक्षा प्रणालीमा जोडेर अगाडि बढ्न सक्ने बताए ।
उनले खोजमूलक लेशन, कक्षाकोठाको समस्या समाधान, बालबालिका तथा विद्यार्थीलाई समूहमा घुलमिल जोड गराउने, शिक्षालाई प्रविधिसँग जोड्ने, शिक्षण सिकाइ, प्रोजेक्ट वेश, बालबालिकालाई आफ्ना काम आफैँ गर्न सक्ने बानी अर्थात् स्वायतता जस्ता बानीको विकास गर्ने जस्ता शैक्षिक विषयहरु समेटिएकाे बताए ।
सिजा, हिमा गाउँपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत गणित तथा विज्ञान विषयका शिक्षक तथा शिक्षिकाहरूलाई पाँच दिने तालिम उपलब्ध गराइएको हो। साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाको आयोजना, प्लान नेपालको आर्थिक सहयोग तालिम गरिएको पेस नेपाल जुम्लाका परियाेजना प्रमुख असाेक चाैधरीले जानकारी दिए।
प्लान नेपाल र पेस नेपालले यसरी शिक्षकको आवश्यकता पहिचान गरी किताबी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम प्रदान गर्नु शिक्षा क्षेत्रमा पहिलो सकारात्मक कदम बढाएको शिक्षक गणेश बहादुर शाहिले सुनाए।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले स्टिम एजुकेसन तालिमले यहाँ सिकेका जानेका कुरा विध्यालयमा लागू गर्नु हुन सबै तहबाट प्रयास गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले आ–आफ्नो विध्यालयमा व्यबहार परिवर्तन गर्नु पर्छ विस्तारै अरु विध्यालयमा पनि ल्याउन सकिन्छ। उनले पेस नेपालले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता खालका सकरात्मक पहलले हिमा ,सिंजा गाउपालिका सामुदायिक बिध्यालयमा स्टिम एजुकेसन शिक्षा क्षेत्रमा परिणाममुखि शिक्षा दिनेमा विश्वास व्यक्त गरे।
त्यस्तै पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले, 'यसले कुनैपनि विषयमा केन्द्रित रहेर विद्यार्थीलाई स्पष्ट रुपमा सोही विषय सम्बन्धि स्थायी रुपले विज्ञान, प्रविधि र गणितलाई संरचनात्मक तरिकाबाट बुुझ्न सहयोग गर्छ । स्टिम एजुकेशनले सीपमूलक र उत्पादनमूलक शिक्षालाई जोड दिन अनुराेद गर्नु भयाे ।'