जुन दिन आमाले आफ्नो शरीर त्यागिन्।
त्यो दिनबाट बाबाले आफ्नो दुःख सुख
बिसाउने चौतारी त्यागे ।
जुन दिन आमाले आफ्नो शरीर त्यागिन् ।
त्यो दिनबाट छोरीले आफ्नो पहिलो साथि र
मनपर्ने खानेकुरा त्यागि ।
जुन दिन आमाले आफ्नो शरीर त्यागिन्
त्यो दिनबाट छोरोले पनि बाबाको छेउमा
गल्ती लुकाइदिने दरिलो साहस त्याग्यो ।
जुन दिन आमाले आफ्नो शरीर त्यागिन्
त्यो दिनबाट छिमेकीले पनि ऐैचो पहिँचो त्यागे ।
जुनदिन आमाले शरीर त्यागिन्
त्यो दिन बाट मामा माइजुले पनि
भान्जा भान्जी त्यागे।
जुन दिन आमाले शरीर त्यागिन्
त्यो दिनबाट घरको भित्ताले पनि
आफ्नो शृंगार त्याग्यो ।
जुन दिन आमाले शरीर त्यागिन्
त्यो दिनबाट भान्सा कोठाले
पनि मिठो सुगन्ध त्याग्यो ।
जुन दिन आमाले शरीर त्यागिन्
त्यो दिन पुरै घरले आफ्नो खुशी त्याग्यो ।
राम्रो छ अझै राम्रो लेख्दै जानु शुभकामना लेखन यात्राले निरन्तरता पावस
Heart touching lines,from innocent mind
राम्रो रचना