‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

दक्ष खबर 16457+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ । सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । यस फिल्मको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार