काठमाडौँ महानगरपालिका वडा ८ ले डिजिटल स्थानीय परिचयपत्र बनाउँदै, तस्वीर संकलनको कार्य जारी

दक्ष खबर 16458+ समाचार ( )
४ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले स्थानीय बासिन्दाहरूका लागि डिजिटल स्थायी स्थानीय परिचयपत्र बनाउने भएको छ । उक्त कार्यका लागि वडाले गत चैत १ गतेदेखि तस्वीर संकलन तथा आवश्यक समन्वय गरिरहेको हो । 

'काठमाडौँ महानगरपालिका वडा ८ ले स्थानीयका लागि अनिवार्य रूपमा डिजिटल स्थायी परिचयपत्र बनाउन प्रक्रिया अगाडि बढाएको र हाल त्यस्कालागि तस्वीर संकलनको कार्य भएको', वडाअध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।

उहाँले, 'हाल सिमित टोलका लागि तस्वीर संकलनको कार्य जारी राखेको र अरू विभिन्न टोलहरूमा समेत स्थानीयलाई सहज हुने हिसाबले तस्वीर संकलन गरिने संगतले बताउनुभयो ।'


त्यस्तै, पहिलो चरणमा वडाले जयवागेश्वरी, दथुटोल, पाचाँगणेश, पशुपति, भुवनेश्वरी, कर्डगल्ली, इट्टापाखा, र गुरूमार्गका स्थानीयहरूको तस्वीर संकलन कार्य जारी राखेको छ । 

स्थानीय परिचय पत्रका लागि अनिवार्य नागरिकता लिएर जानुपर्ने वडाले जनाएको छ । त्यस्तै, स्थानीय परिचय पत्रका लागि नाम थार, ठेगाना, मोबाइल नम्बर, नागरिकता नम्बर, पति पत्नीको नाम तथा ब्लड ग्रुप आवश्यक पर्ने वडाले जनाएको छ । 

हाल जयबागेश्वरी युवा क्लब परिसरमा तस्वीर संकलनको कार्य जारी रहेको छ  ।  उक्त कार्य वडाको समयानुसार बिहान १० बजेदेखि ३:३० बजेसम्म जारी रहने गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार