प्रचण्डको आरोप : प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहि-याए

दक्ष खबर 13506+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताउनु भयो । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाउनु भयो । उहाँले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गर्नुभयो । उहाँले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताउनुभयो । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताउनुभयो ।

उहाँले शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताउनुभयो । उहाँले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गर्नुभयो । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताउनुभयो । उहाँले संविधान संशोधनको सैद्धान्तिक जामा पहि-याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले कहिले कहीँ के सोच्ने गरेको छु भने नेपालमा एउटा ठूलो आन्दोलन फेरि आवश्यक भएको हो की क्या हो भन्ने मलाई पनि लाग्न थाल्यो भनेपछि । किनभने कसैले नि नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने । स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने । भनेपछि त के देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ? जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहीँ अब बिस्तारै मानिसहरुको मनमा आउँदैछ । हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निस्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् । तर जनतामा देखिएको निराशा, असन्तुष्टि, युवाहरुमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो ।’

अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाउनु भयो । अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार