विष्णुको निर्देशनमा कुलदिपको कथा `डिङ्नो´ , असोज १५ बाट फ्लोरमा

दक्ष खबर 16458+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काठमाडौँ  ।कृएटिभ यूथ प्रोड्क्सनको प्रस्तुतिमा सिरिज `डिङ्नो जीवनको सहारा´ निर्माण हुने भएको छ ।

कलाकार तथा मिडियाकर्मी विष्णु बुढाथोकीको निर्देशनमा निर्माण हुने लागेको `डिङ्नो´ को कथा तथा परिकल्पना कुल बहादुर अधिकारीको रहेको छ । सिरिजको पटकथा /संवाद पूर्ण बहादुर गन्धर्वको रहेको छ

। दाङ आसपास छाँयाकन हुने सिरिजको निर्मातामा शैलेश खत्री रहेका छन् भने कार्यकारी निर्माता आनन्द पुन र वसन्त बुढाथोकी हुन् । असोज १५ बाट फ्लोरमा जाने उक्त सिरिजको  दृश्य कैद गोकुल अधिकारीले गर्ने छन् । डिङ्नोको शीर्ष गीत योगेश काजी शाहको रहेको छ ।

सामाजिक कथामा बन्ने सिरिजमा कलाकार रोस्नी कार्की, जेबी डिसी , कुलदिप अधिकारी, सरिता कठाएत, सन्दीप वस्ति , विष्णु बुढाथोकी,सन्तोषी पौडेल,अनिशा न्यौपाने,सुप्रीया अधिकारी,आनन्द पुन,सञ्जय पौडेल, उन्नत जङ्ग उप्रेती, सुजन थापा , आक्रीशा श्रेष्ठको अभिनय रहने छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार