सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण (तस्विरसहित)

दक्ष खबर 16514+ समाचार ( )
१६ पौष २०८१, बुधवार

काठमाडाैँ । सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो ।

शहीद दिवसको अवसर पारेर काठमाडौंको शहीद गेटमा आयोजकले ट्रफी अनावरण गरेको हो । महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस परेकाले ट्रफी सहिद गेटमा अनावरण गरेको जनाएको छ ।  

माघ १० गतेदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लव र आयोजक लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश (वागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार