काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘मनको दरबार’ सार्वजनिक गरिएको छ । गायक सागर आले र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा प्रेम र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।
गीतका शब्द लायन देवेन्द्र सारु मगरको रहेको छ भने, संगीत संयोजन तथा एरेञ्ज बीबी अनुरागले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
म्युजिक भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पल ठकुरीको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने, छायांकन नवराज उप्रेतीले गरेका .हुन् ।
‘मनको दरबार’ गीत देवेन्द्र सारु मगर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । करिब दश मिनेटलामो गीतलाई हालसम्म ७७ हजारभन्दा बढि पटक हेरिसकिएको छ ।
Dherai ramro rahechha 🙏 💞