
तनहुँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उपनिर्वाचनमा हार स्वीकार गर्नुभएको छ ।
जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेपछि उहाँले सामाजिक सञ्जालमार्फत हार स्वीकार्दै मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
जनताको विश्वास पुरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताउदै उहाँले यो नतिजाले मतदातको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको भट्टराईको भनाई छ ।
चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उहाँले सानो खुशी पनि दिलाएको महसुस भएको बताउनुभएको छ ।
उहाँले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताउनुभयो ।