आठौँ संस्करणको 'निफ'को प्रि-बुकिङ टिकट खुल्ला

दक्ष खबर 16462+ समाचार ( )
२६ माघ २०८१, सोमबार

काठमाडौँ । आठौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि-बुकिङ खुल्ला गरिएको छ । आगामी चैत ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने निफको टिकट बुकिङ फागुन ८ गतेबाट खुल्ला गरिएको हो । 

'निफको टिकट विद्यार्थीहरूका लागि १०० रुपैयाँ, सर्वसाधारणहरूका लागि दिनभरिका चलचित्र हेर्न ४०० रुपैयाँ शुल्क लगाइएको', निफका क्रिएटिभ निर्देशक रसिक पाठकले बताए । 

उनले, बुकिङको लागि निफले खल्ती एपसँग साझेदारी  गरेको छ भने, उद्घाटनको पहिलो चलचित्र 'साम्बला' हुने जानकारी दिए ।

'आठौं संस्करणको लागि ७० देशहरूबाट प्राप्त ६०० भन्दा बढी चलचित्रहरू मध्ये ४० देशहरूबाट ८७ वटा चलचित्रहरू छनोट गरिएको छ भने, छनोट गरिएका केही चलचित्रहरू प्रतिष्ठित कान्स चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गरिएका छन्।'

चलचित्रहरू सिभिल मल र छाया सेन्टरमा रहेको क्युएफएक्स सिनेमाहलमा प्रदर्शन हुनेछन् । चलचित्र  महोत्सवको विभिन्न छलफल र बहसहरू नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार