राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित

दक्ष खबर 15672+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित हुनु भएको छ । शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई आज उहाँलाई सम्मान गरेको हो ।

काठमाडौं क्षेत्र - ४ का सांसद गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र काठमाडौं महानगरपालिका वडा नम्बर ८ अध्यक्ष आशामान संगत, क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोललगायतले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामालाई सम्मान गर्नुभएको हो ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदमा लामाको प्रशिक्षणमा नेपालले ऐतिहासिक पदक जितेको थियो । तेक्वान्दोको के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउनु भएको थियो ।

नेपाल र सम्पूर्ण नेपालीको नाम र इज्जत उच्च पार्न प्रशिक्षकको भूमिकामा पुर्याउनु भएको योगदानको कदर गर्दै क्लबले उहाँलाई सम्मान गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार