मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजलाई

दक्ष खबर 13091+ समाचार ( )
२७ जेठ २०८०, शनिबार
काठमाडौँ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जितेको छ । शुक्रवार कीर्तिपुरस्थित कभर्ड हलमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८६-६६ को सेटमा पराजित गर्दै मनास्लुले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
राष्ट्रिय स्तरका १६ टिम सहभागी खेल निकै प्रतिस्पर्धात्मक र रोचक बनेको थियो। सबै टोलीलाई पछाडि पार्दै उपाधि हात पारेको मनास्लुले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिता पश्चात् आयोजित एक औपचारिक कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद प्रदान गरेकी हुन् ।
स्थापनाको छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित चाबहिलको मनास्लु वर्ल्ड कलेजले शिक्षा सँगै विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिने गरेको छ । सिप र दक्षता सहितको २१ औँ शताब्दी सुहाउँदो जनशक्ति उत्पादनका लागि मनास्लु लागिपरेको कलेज प्रशासन बताउँछ ।

संस्था भित्र भर्ना हुन आउने हरेक विद्यार्थीलाई उसको प्रतिभा, रुचि, चाहना र क्षमता अनुसारको सिपमूलक शिक्षा कलेजले दिने गरेको छ भने, यस्ता प्रतिभावान् विद्यार्थीलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । त्यसैले विभिन्न किसिमका प्रतियोगिताहरू आयोजना हुँदा मनास्लु सधैँ अब्बल ठहरिने गरेको छ। कलेजले कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीका लागि ‘प्रि-रजिस्ट्रेसन’ खुला गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार