भारत । भारतले तनहुँको दुलेगौंडाको जीपी कोइराला स्वासप्रस्वास केन्द्रलाई ३०० शैय्या र उपकरणसहित अस्पताल निर्माण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष एवम् स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच द्विपक्षीय भेटका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।
त्यसक्रममा ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयन र एम्बुलेन्स सहायता अभिवृद्धिका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा भारतीय पक्षबाट सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।