कामपाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशन

दक्ष खबर 16459+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार, मिति २०८२/०४/०३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनु भएको थियो । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताउनु भएको छ । “शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं।”

वहाले थप्नु भयो, “दुई वर्षको अनुभव, शिक्षा विभागको सक्रियता  र योजना आयोगको समन्वयका कारण यस्तो नतिजा सम्भव भएको हो। अहिले परीक्षाको र भर्नाको समय हो, विद्यार्थीले ढिला पर्खनु नपरोस् भनेर हामी दिनरात खटिएका छौं।”

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कनको व्यवस्था थिएन। देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनुभएको थियो । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिनु भएको थियो ।

नतिजा OMR (Optical Mark Recognition) प्रणालीमार्फत जाँच गरिएको छ। यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जनाउनु भएको छ ।

नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइट तथाentrance.kathmandu.gov.npमा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।

जम्मा आवेदक 
विषयसंख्या
विज्ञान12336
व्यवस्थापन4482
मानविकी 34
शिक्षा104
कानुन273
Grand Total17229
स्वीकृत आवेदन
विषयसंख्या
विज्ञान११५९०
व्यवस्थापन४१६४
मानविकी ३२
शिक्षा९५
कानुन२५६
जम्मा१६१३७
परीक्षामा सहभागि विवरण
विषयपरीक्षामा सहभागि संख्या
शिक्षा७०
मानविकी २५
कानुन२२०
व्यवस्थापन ३६०६
विज्ञान१०२६१
जम्मा१४१८२
उत्तिर्ण छात्रा /छात्र    
विषयछात्राछात्रअन्यजम्मा
शिक्षा १०१९
मानविकी 
कानुन७३६२१३५
व्यवस्थापन ६९०१२६७१९५७
विज्ञान३२८८५४६०८७५०
जम्मा६८०१६८०११०८६७

नतिजा सम्बन्धी थप व्यवस्था
१. विवरण संशोधन: यदि फाराममा नाम, लिङ्ग, वा अन्य विवरण फरक परेको वा योग्यता नपुग्ने क्षेत्रमा आवेदन दिइएको छ भने, प्रमाण पुग्ने कागजात संलग्न गरी मिति २०८२/०४/०५ गते कार्यालय समयभित्र शिक्षा विभाग, काठमाडौँ महानगरपालिकामा संशोधन निवेदन दिन सकिनेछ। क्षेत्र थप गर्न भने सम्भव हुनेछैन।

२. दाबी विरोध: नतिजाप्रति चित्त नबुझेमा वा दाबी विरोध गर्नुपरेमा, शिक्षा विभागमा भौतिक रूपमा उपस्थित भई रु. १,०००/- राजस्व बुझाएर मिति २०८२/०४/०५ गते सम्म शिक्षा विभाषमा पूनर्योग दरखास्त दिन सकिनेछ।

पुनर्योग र थप रुजु पश्चात् मिति २०८२/०४/०६ गते अन्तिम योग्यताक्रमका आधारमा विषयगत र समूहगत रूपमा विद्यार्थीले आवेदनका बखत प्राथमिकता गरेको शिक्षण संस्थाका आधारमा पहिलो म्याचिङ लिस्ट प्रकाशन गरिनेछ। पहिलो म्याचिङबाट भर्ना हुन नसकेका सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको म्याचिङ लिस्ट प्रकाशन हुनेछ। यदि दोस्रो चरणबाट पनि सिटहरू पूरा नभएमा, जुनसुकै विषयमा समेत जाने गरी योग्यताक्रमका आधारमा Wrap-up कोटामा मनोनयनका लागि सूचना प्रकाशित गरी छनोट गरिनेछ। विद्यार्थीहरूले आफूले रोजेको विषय र कलेजमा मनोनयन भएको आधारमा ३ दिनभित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएमा रिक्त सिटहरूमा बाँकी विद्यार्थीहरूको योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशन गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार