कामपा -८ तथा प्रहरी वृत्त गौशालाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

दक्ष खबर 16458+ समाचार ( )
२१ अशोज २०८०, आइतबार

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा -८ एवं प्रहरी वृत्त गौशालाको संयुक्त आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक कार्यक्रमका बिच वडावासीहरूले उठाएका विविध प्रश्नहरूकाे सम्बन्धि निकायका व्यक्तिहरूले उत्तर दिनुभएको थियाे ।

वडावासीको प्रश्नमाथि समाधान सहितको उत्तर दिदैँ काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष आशामान संगतले, 'वडाले गरिरहेका कामहरू केही मानेमा जनतामुखी रहेको आफुले महसुस गरेको बताउनुभयो ।' उहाँले वडा भित्रको ब्रह्मा मन्दिरको विषयमा धेरै चासो रहेकाे बताउँदै ब्रह्मा मन्दिर तिन करोडौंको लागतमा पुनः नयाँ स्वरूपमा पुनःनिर्माण गर्ने तयारी रहेको बताउनुभयो । उहाँले नयाँ नक्सा सहित ३६ लाख रूपैँयामा बनाउन लागेको मन्दिर अहिले ३ करोड काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागबाट तय गर्ने बताउनुभयो ।


उहाँले पशुपतिमा शौचालय बनाउने कुरामा सहमति भएको र हंसमण्डपमा त्यो मन्दिर बनाउँदा पशुपतिनाथको गजुर छेकिने हुदाँ पुरातत्त्वले स्विकृति नदिएको बताउनुभयो । समस्या समाधान भईसकेको र अब चाडैं पुनः निर्माण अगाडि बढाउने बताउनुभयो । पशुपतिनाथ परिसरमा स्वास्थ्य केन्द्र बनाउनको लागि सम्बन्धित निकायसम्म जग्गा माग भएको बताउनुभयो । उहाँले पार्किङ लगायतका विविध पसलहरूका विषयमा पनि समाधान गर्ने बताउनुभयो । गौरीघाट प्रहरी वृत्तलाई ठाउँको आवश्यकता रहेको भन्ने विषयमा पनि वडाले व्यवस्थापनको तयारी गर्ने बताउनुभयो ।

त्यस्तै, गौशाला प्रहरी वृत्तका डिएसपी केशव कुमार थेवेले जनताको सेवामा प्रहरी हरपल हरदम अग्र पङ्क्तिमा रहेको बताउनुभयो । उहाँले, जनताका विविध समस्याहरू सुन्ने मौका सहित चाडपर्व लक्षित जनताको सुरक्षामा प्रहरीहरूले चाल्नुपर्ने आगामी रणनीतिका लागि जनताको सुझाव सल्लाह महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा कामपा -८ का वडा अध्यक्ष आशामान संगत, प्रहरी वृत्त गाैशालाका उपरिक्षक केशव कुमार थेवे, प्रहरी वृत्त गाैशालाका प्रहरी वरिष्ठ नायव निरिक्षक परशुराम जोशी, कामपा-८ का वडा सदस्य लगायत विभिन्न तह र तप्काका व्यक्तिहरू सहित वडावासीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार