वर्तमान सरकारले देशलाई ऋणको भारी बोकाईरहेको छ : डा. शेखर कोइराला 

दक्ष खबर 6070+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले देशलाई ऋणको भारी बोकाईरहेको बताउनुभएको छ । चुच्चेपाटीमा रहेको लुम्बिनी एकेडेमीक फाउन्डेसनको ३१औँ अभिभावक दिवसका अवसरका बोल्दै उहाँले  शिक्षाको अहिले जटिल अवस्थामा रहेको उहाँलु बताउनुभएको हो । 

उहाँले, अहिले कुनै पनि कुरा सहि ढंगबाट नचलिरहेको समेत बताउनुभयो ।' त्यस्तै, उहाँले शिक्षा र राजनीति सबै कुरा ठिक नभएसम्म देशको विकास नहुने उहाँले बताउनुभयो ।  उहाँले शिक्षा विदेयकमा रहेका कुराहरू कतिपय कुराहरू तालमेल नमिलेको उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल व्यवस्थापनका लागि पनि प्रयास हुन आवश्यक रहेको बताउदैँ उहाँले, बालबालिकाले सामाजिक सञ्जाल व्यवस्थापन कसरी गर्ने भन्ने कुरापनि रहन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले शिक्षा विदेयकका कुरा कतिपय मनन योग्य नरहेको उहाँले बताउनुभयो । उहाँले जनताले शिक्षा  र स्वास्थ्य पाउनै पर्ने बताउनुभयो ।  पूर्व मेचिदेखि भारतसम्म १६५ वटा कलेज भारतले खोलिदिएको र विद्यार्थी बाहिरी रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हरेक नागरिकको पहुँमा पुर्याउनु पर्ने बताउनुभयो । 

उहाँले दुईवटा एरपोट बनाए पनि प्रयोगमा नरहेको बताउदैँ वर्तमान सरकारले देशलाई  ऋणको भारी बोकाईरहेको छ । २५ प्रतिशत रकम विकासको क्षेत्रमा लगानी गरेर कसरी देशको विकास हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो ।

अहिले ६/६ महिनामासरकार परिवर्तन भईरहेको र यो संविधान अनुसार भईरहेको उहाँले बताउनुभयो । त्यस्तै, उहाँले अपवित्र गठबन्धनले कुनैपनि दलले सरकार निरन्तर रूपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, जनताहरू अहिलेको सरकार परिवर्तनको चलखेलले आजित भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार