काठमाडौँ । नेपाली कांग्रेसकाे गगन थापा पक्षधर केन्द्रीय सदस्यहरू, नेविसंघलाई अभिभावकत्व प्रदान गरिरनु भएका नेता तथा विभिन्न कलेजका विद्यार्थी नेताहरू बिच नेविसंघको भावि कार्ययोजना तथा स्ववियु निर्वाचनका विषयमा समीक्षा गरिएको छ ।

आज अनामनगरमा आयोजित भेलामा विद्यार्थीहरूले हालको केन्द्रीय सदस्यको समयसीमा तथा हालै सम्पन्न स्ववियु निर्वाचनको विषयमा छलफल गरिएको हो ।
छलफलमा बोल्दै, प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले,"स्ववियु निर्वाचनमा सबैलाई न्याय गर्न नसकिएको बताउनुभयो ।" उहाँले, स्ववियु निर्वाचनमा नेतृत्वको कमी पनि देखियो होला तर, छलकपटको बिचमा पनि निर्वाचित हुन सक्नु नै नेतृत्वको विजयी भएको बताउनुभयो । समग्र कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने विषय महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले, "आफुले संसदमा नयाँ कुरा उठाउन युवा पुस्ताहरू सँग छलफल गर्ने गरेको समेत बताउनुभयो ।"
त्यस्तै, छलफलमा नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले," स्ववियु निर्वाचन सम्पन्न गर्न सबैको उत्तिकै महत्त्वपूर्ण भुमिका निभाउनु भएको बताउनुभयो । उहाँले,"विद्रोह र संघर्ष गर्न धेरै बाकी रहेको बताउदैँ यो आजको जिम्मेवारी नभई भोलि देश हाक्ने कुरामा हाम्रो आवश्यकता हुने बताउनुभयो ।"
"स्ववियुमा आफुहरूले न्याय पूर्णरूपमा काम गर्न सक्यौं सकेनौं त्यो आफ्नो ठाउँको कुरा भयो, हालको अवस्थामा पार्टीभित्र नै विद्रोह गर्न आवश्यकता रहेको र त्यसका लागि मिहिनेत गर्न आवश्यक रहेको बताउनुभयो । नेविसंघले कसैलाई पनि अन्यायमा नपार्ने समेत उहाँले बताउनुभयो ।
त्यस्तै, छलफलमा नेविसंघका पूर्व महामन्त्री युवाराज पाण्डेले, "स्ववियुमा नेविसंघले प्रभावकारी रूपमा जसरी प्राथमिकताका साथ अगाडि बढ्नु प-ने हो त्यो हुन नसकेको बताउनुभयो ।" उहाँले, "आफुहरूले प्रभावकारी रूपमा काम गर्दा गर्दै पनि नतिजा आफ्नो पक्षमा आउन नसक्नु बिडम्बना रहेको बताउनुभयो । "
"नेपाल विद्यार्थी संघको अधिवेशनको विषयमा काम गर्न गाह्रो भएको कुरा सहि हो तर, निर्वाचन गर्ने कुरा गाह्राे भएको पाण्डेले स्विकार्नुभयो ।"
सहिद आदर्श क्याम्पसका सभापति राजेश तिमल्सिनाले,"नेविसंघका विद्यार्थी तथा उम्मेदवारहरूमा नै नेपाल विद्यार्थी संघ भनेको के हो ? भन्ने कुरा नै थाहा नभएको र यसमा सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । उहाँले, विद्यार्थीहरूलाई प्रशिक्षण एवं ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।"
केन्द्रीय सदस्य करूणा कटवालले," आफुहरू केन्द्रीय सदस्य भईरहदाँ के गरे त भनेर समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोईरालाले, "केन्द्रीय मितिले आफ्नो धारणा बनाएर अगाडि जाँदा राम्रो हुने बताउनुभयो ।"
त्यस्तै, नेविसंघ केन्द्रीय सदस्य पुजा फुयालले, टिका लगाएर बनाएको केन्द्रीय सदस्य पद सबैले त्याग्न आवश्यक रहेको बताउनुभयो । उहाँले, त्यसका लागि आजैदेखि सबैको हस्ताक्षर संकलन सहित अगाडि बढन् आवश्यक रहेको बताउनुभयो ।
छलफलमा, वैचारिक बहस, नयाँ विद्यार्थीहरूलाई कसरी नेविसंघ प्रवेश गराउने, नेविसंघ भित्र नै विद्यार्थीहरू बिच नयाँ गुट खडा हुने अवस्थाको अन्त्य, विद्यार्थी संगठनहरूलाई गुटमा सिमित गर्न नहुने लगायतका विषयमा छलफल छलफल तथा बहस गरिएको हो ।
विद्यार्थीहरूले नेपाल विद्यार्थी संघले आगामी दिनमा कसरी अगाडि बढ्ने र भावि कार्ययोजना कसरी तय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बहस गरेका थिए ।