‘मुनमुन’ : मायाको पर्खाइ सँगै फर्किने आशमा पर्खिरहनेका कथाहरू

दक्ष खबर 16457+ समाचार ( )
१० फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक ‘मुनमुन’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । नाटकले ‘फिरफिरे’ पुस्तकका केही पात्रमा केन्द्रित रहेर कथा बताइरहेको छ ।

जुठी आमालाई एक्लै छाडेर असारे बा मुग्लान हान्निएको सन्दर्भबाट नाटक सुरु हुन्छ । माया गरिरहनु र कोही फर्कने आशामा पर्खिरहनु हर कोहीको वशको कुरा होइन भन्ने अन्तर्य नाटकले प्रस्तुत गदर्छ । माया गर्नु र पर्खनेहरू कोहि कसैको बशको कुरा हुदैँन, कसैमा त्यति क्षमता पनि हुदैँन ।

अनन्त कालसम्म पर्खिनुको पिडा, समाजको हेपाइ र व्यवहार सहेर पनि आफ्नो प्यारो मान्छे कसैको यादमा एक्लो भएर बसिरहेको र मायाको पर्खाइमा फर्किने आशमा पर्खिरहेको कथा नाटकमा प्रस्तुत गरिएको छ । उपन्यासका प्रमुख पात्रहरु वसन्त र पवन वरपर कथा घुम्छ । उनीहरुको दोस्तीबीच आउने मिठास र द्वन्द्वलाई नाटकमा प्रस्तुत गरिएको छ ।

पवन र वसन्तबीच बाल्यकालमा भएको कुरा अनुसार उनीहरुको युवावस्था कस्तो हुन्थ्यो भन्ने परिकल्पना नाटकमा देखाइएको छ । समग्रमा यी दुई पात्रको युवावस्थाको प्रेम दर्शाउने प्रयत्न नाटकमा गरिएको छ ।

सम्राट भुजेलले नाटकको नाट्य रुपान्तरण सहित निर्देशन गर्नुभएको हो । फागुन २० गतेसम्म नाटक मञ्चन हुनेछ । नाटकमा मनिष ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रवीण खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापालगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

श्रीशेष श्रेष्ठको सहनिर्देशन रहेको नाटकमा चरित्रको भावना र मञ्चमा प्रयोग गरिएको ध्वनि र प्रकाशको बेजोड तालमेल रहेको देख्न सकिन्छ । नाटक सोमबारबाहेक हरेक दिन बेलुका सवाँ ५ बजेदेखि मञ्चन

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार