सात दिनभित्र कार्यपालिका बैठक बोलाउन महानगरप्रमुखलाई ४१ जना कार्यपालिका सदस्यको माग

दक्ष खबर 15668+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

काठमाडौँ । सात दिनभित्र काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन उपप्रमुख सहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

आज सार्वजनिक रूपमा उपप्रमुखसहित ४१ जना कार्यपालिकासदस्यहरूले हस्ताक्षर सहितको पत्र महानगरप्रमुख बालेन्द्र शाह बालेनलाई पठाएका हुन् । 

काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा प्रमुख उपप्रमुख सहित ४२ जना रहेका छन् । 

सार्वजनिक पत्रानुसार ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरिएको छ । पौस १४ गतेदेखि हालसम्म काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन ।

तथापि, चैत्र १० गते नगर कार्यपालिकाको सदस्यहरूले  कार्यपालिका बैठकका लागि प्रमुखलाई भेटेर विज्ञप्ति बुझाएका थिए । त्यसयता महानगरमा विभिन्न किचलोहरू चलिरहे पनि त्यसको समाधान तर्फ अगाडि बढ्न सकेको छैन ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार