काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । त्यसो त कांग्रेसभित्रैका केही नेताको बुझाइमा भारत गमन बिपीको आत्मनिर्वासनको निर्णय थियो ।
बिपी त्यसबेला भारत जानुपर्ने कुनै खास आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ । तर यो एक विचार मात्र हो । यसको पक्षमा सम्पूर्ण समर्थन जनाउन सकिने अवस्था छैन । यस धारणाको विपक्षमा अर्कोथरि धारणा पनि छ–शायद बिपी त्यसबेला भारत नजानु भएको भए नेपालको राजनीतिले फरक धार समाउने थियो होला ।