काठमाडौँ । चम्पावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु होटल ब्यवसायी संघ तथा लायन्स क्लब अफ काठमाडौँ योङ्ग स्टार डिस्ट्रिक ३२५जे नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज आयोजित एक कार्यक्रमका बिच बृहत रक्तदान कार्यक्रममा करिब ४१ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।
सोही रक्तदान कार्यक्रम माछापोखरी-१६ बसन्त नगर चम्पावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रांगणमा समापन भएको र उल्लेख मात्रामा रक्तदाताहरूको सहभागीता रहेको आयोजक संस्थाहरूले दावी गरेका छन् ।
नेपालमा पछिल्लो समय रगत अभावको समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान गरिएको विभिन्न संस्थाहरूले बताएका छन् ।