काठमाडाैँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने महासंघले जनाएको छ । त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड-अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाउनुभयो । १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र विशेष गरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाउनुभयो ।
उहाँले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाई नभएको बताउनुभयो । २०७३ पछाडी डिजार र अन्य सामान्य बाहेक मुख्य सञ्चालन खर्च एवं यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन नगरेको बताउनुभयो । न्युज एजेन्सी नेपाल