माधवनारायणका व्रतालुहरु आगामी बिहीबार पशुपति आइपुग्ने

दक्ष खबर 16459+ समाचार ( )
२३ पौष २०८०, मङ्गलबार

काठमाडौँ । पौस शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै आगामी बिहीबार पशुपति क्षेत्रमा आइपुग्ने भएका छन् ।

ब्रतालुहरु माघ कृष्ण औंसीको दिन पारेर पशुपतिनाथको दर्शन गर्नका लागि आउने भएका हुन । 

पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने, व्रत विधि गर्ने  लगायतका कार्यहरू गर्दछन् । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयवागेश्वरीसम्म जल चढाउने विधि रहेको छ ।

पशुपतिनाथमा एक रात रहने व्रतालुहरू पशुपतिमा रहेको संग्रहालय ठुलो सरावर्तमा बाँस बस्ने व्यवस्था मिलाइएको कामपा ८ का वडा अध्यक्ष आशामान संगतले बताउभयो । 

व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् । त्यहाँबाट चोभार जाने र त्यहाँ एक रात बसेर पुन: साँखु आउने गरेका छन् ।

माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने प्रचलन रहेको छ ।

परम्परागत रूपमा हरेक बर्ष स्वस्थानी ब्रत बस्ने गरेका भक्तजनको ब्रत समापन पछि आफुले चिताएको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार