"पशुपति प्रसाद २ : भष्मे डन" को छायांकन ५६ दिनमा सम्पन्न

दक्ष खबर 799+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

काठमाडौँ । "पशुपति प्रसाद २ : भष्मे डन" को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन आज अन्तिम सुट लिई सम्पन्न भएको हो ।

चलचित्रका निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै चलचित्र ‘पशुपतिप्रसाद–२ भष्मे डन’को छायांकन ५६ दिनमा सकिएको जानकारी दिनुभयो ।

सातवर्ष अगाडि निर्माण भएको सिनेमा ‘पशुपतिप्रसाद’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि 'पशुपतिप्रसाद–२ : भष्मे डन’ वर्षकै प्रतिक्षित सिनेमा बनेको हो । 

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, आँचल शर्मा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । आउँदो दसैंको फूलपातीमा सिनेमा रिलिज हुने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार