इजरायलमा रहेका नेपाली सुरक्षित छन् : राजदूत स्मुलिम एरी बास

दक्ष खबर 16482+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । 

सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्‌लो द्वन्द्व र त्यहाँको पछिल्‌लो अवस्थाका बारेमा जानकारी गराएका थिए । 

त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरु सुरक्षित रहेका जानकारी गराएका थिए ।   

आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर  इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो । 

पछिल्‌ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा. राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।  

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्‌ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार