निर्वाचनकाे मिति पश्चात मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्था संशोधन गर्छाैँ : गृहमन्त्री

दक्ष खबर 16457+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् । 

बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे । 

उनले भने,‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएरसंशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि कहीं समस्या छ कि खोजि गरौं भनेर भनेका थियौं । समस्या छैन भन्ने कुरा आएको छ ।’

त्यस्तै उनले नयाँ दलहरुको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसक्नेगरी काम गर्न निर्देशन दिए । 

‘नयाँ दलहरुको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरुमा उहाँहरुलाई समावेश गर्नुपर्छ । त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ । 

ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं । किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसकोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार