प्रहरी वृत्त गौशाला, सामुदायिक प्रहरी सेवा केन्द्र, कामपा ७, ८,९ को संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

दक्ष खबर 15668+ समाचार ( )
८ जेठ २०८०, सोमबार

काठमाडौँ । प्रहरी वृत्त गौशाला, सामुदायिक प्रहरी सेवा केन्द्र, काठमाडौं महानगरपालिका वडा ७, ८,९ को संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालय बिच नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्न काठमाडौं महानगरपालिका वडा ९ का वडा अध्यक्ष रामजी भण्डारीले, 'विद्यार्थीको समस्यालाई समयमा नै समाधान गर्ने बताउनुभयो ।' 

त्यस्तै, काठमाडौं महानगरपालिका वडा ८ का  वडाअध्यक्ष आशामान संगतले , ' नागरिकको सुरक्षाका लागि प्रहरीले आफ्नो उपस्थिति बढाउन आग्रह गर्नुभयो । ' 

उहाँले अहिलेको परिस्थितिमा पशुपति क्षेत्र विकास कोषको कुनै प्रभावकारीता नरहेको बताउनुभयो । विकास कोषले आफू पनि काम नगर्ने र अरूलाई पनि गर्न नदिने जस्ता कामहरू भईरहेकाले यसमा पनि सबै पक्षको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, उहाँले विकासको कार्ययोजनामा कसैलाई पनि अवरोध गर्ने छुट नभएको उहाँले बताउनुभयो । 

त्यस्तै, कामपा वडा -७ का वडाअध्यक्ष विमल होडाले, 'सकारात्मक परिवर्तनमा हामी सबैको जोड रहने बताउनुभयो ।' उहाँले, हामी पाँच वर्षका लागि लाएका छौँ । हाम्रो काम कर्तव्य र सुधारका सकारात्मक पक्षमा हाम्रो भुमिका प्राथमिक रूपमा रहने बताउनुभयो ।  

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले महिला अधिकार, बालबालिकाको समस्या तथा सार्वजनिक क्षेत्रका समस्याहरू कार्यक्रममा उठाईएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक सिताराम रिजालको सार्वजनिक ठाउँको समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सबै समस्याको समाधान प्रहरीले मात्र नगर्ने भएकाले त्यसमा हरेक नागरिकको दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रहरी, सामुदायिक संघसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कामपा वडा - ७ का वडाअध्यक्ष विमल होडा, कामपा -८ का वडाअध्यक्ष आशामान संगत, कामपा -९ का वडाअध्यक्ष रामजी भण्डारी, नागरिक समाज, जनप्रतिनिधि, विभिन्न कलेजका प्रधानाध्यापक, टोल सुधार समितिका पदाधिकारीको समुपस्थिति रहेको थियो  । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार