काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेकाे छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक निर्धारित समय भन्दा केही ढिलो गरी बैठक शुरु भएको हो । बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
त्यस्तै, उपसभामुख इन्दिरा रानाको बारेमा पनि छलफल गरी पार्टीको धारणा बनाउने बताइएको छ । बैठकमा तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माणको विषयमा पनि छलफल हुने जनाइएको छ । न्युज एजेन्सी नेपाल