भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अनुराग पंगेनीलाई रसियन दूताबासको सम्मान

दक्ष खबर 16459+ समाचार ( )
१३ माघ २०८२, बिहीबार

काठमाडौँ । सन् २०२५ को भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौंस्थित रसियन दूतावासले सम्मान गरेको छ । बिहीबार दूताबासमा आयोजित रुसी दूताबासले मेडल प्रदान गरि सम्मान गरेको हो । 

नेपालका १५ वर्षीय विद्यार्थी अनुराग ‘युवा समाजको दरारहरू सुधार गर्नुहोस्’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत १० देखि १५ वर्ष उमेर समूहको प्रतिस्पर्धामा तेस्रो भएका थिए ।

अनुरागको पोस्टर युवाहरूमाझ इमानदारी, जवाफदेहिता र सामाजिक जिम्मेवारीलाई प्रवर्धन गर्ने शक्तिशाली सन्देश र रचनात्मक अभिव्यक्तिको लागि अन्तर्राष्ट्रिय प्रविष्टिहरूमध्ये एक रहेको भन्दै रुसी दूतावासले भ्रष्टाचारविरुद्धको विश्वव्यापी लडाइँमा अर्थपूर्ण योगदान र युवा नेतृत्वको सामाजिक संलग्नताको प्रेरणादायी उदाहरण भएको बताएको छ ।

आयोजकको तर्फबाट उपलब्ध मेडल प्रदान गर्दै रुसी दूताबासका मिनिस्टर काउन्सिलर रिन्चेन राशेभले अनुरागलाई आगामी दिनमा पनि सिर्जनसिल भएर अघि बढ्न सुझाव दिए । भ्रष्टाचारविरुद्धको अनुरागले बनाएको पोष्टर विश्वकै युवाहरुका लागि प्रेरणाको स्रोत भएको उनले बताए । रुसी दूताबासका मिडिया कोअर्डिनेटर एलेक्जेन्डर इभाशेभले भ्रष्टाचारविरुद्धको अभियानमा सदैव लाग्न सुझाव दिँदै धन्यवाद ज्ञापन गरे ।

पुरस्कृत किशोर अनुरागले भ्रष्टाचारविरुद्धको आफूले बनाएको पोष्टरले नेपाली समाजलाई भ्रष्टाचारले भाँचिएको कमजोर सिसाको संरचनाको रूपमा देखाएको भन्दै अनुरागले पैसा मिसाइएको दाउराले प्रतीकात्मक रूपमा, लोभ र बेइमानीको प्रतिनिधित्व गरेको छ । साथै भ्रष्टाचारले युवाहरूको अवसरलाई कसरी खतरामा पार्ने स्पष्ट गर्दै आशाको सन्देश प्रदान गरेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार