नेपाल भारत मैत्री अस्पताल र कामपा-८ बिच सहकार्य, ३० प्रतिशतसम्म सहुलियतको व्यवस्था

दक्ष खबर 11580+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

काठमाडौँ । नेपाल भारत मैत्री अस्पताल र काठमाडौँ महानगरपालिका वडा ८ का स्थानीयवासीहरूलाई उपचार खर्च तथा ३० प्रतिशतसम्म सियर सौलियत छुट दिने विषयमा सहमति र सहकार्य भएको छ । 

मित्रराष्ट्र भारतको ७५औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध, विचार गोष्ठी, तीन दिने नेपाल भारत मैत्री नि:शुक्ल चिकित्सा शिविर समापन तथा नेपाल भारत मैत्री अस्पतालद्वारा स्थानीय सँग आवद्धता, घोषणा कार्यक्रममा सहमति पत्रमा हस्ताक्षर सहित आदानप्रदान गरिएको हो ।


उक्त पत्रमा अस्पतालका तर्फबाट कार्यक्रमका सभापति सूर्य प्रसाद भुसालले हस्ताक्षर गर्नुभएको थियो भने कामपा ८ का तर्फबाट वडाअध्यक्ष आशामान संगतले हस्ताक्षर गर्नु भएको थियो । 

स्थानीय समाजसेवीद्वय नरोत्तम वैद्य र समाजसेवी श्याम कृष्ण संगत तथा वडाअध्यक्ष आशामान संगतलाई भारतीय डिसिएम तथा परराष्ट्रमन्त्री एनपी साउदले सम्मान गर्नुभएको थियो  । 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले,'स्थानीय तहमा रहेको अस्पतालमा १०० जना कर्मचारी मध्ये ३० जना वडा ८ का वासिन्दालाई रोजगारी सिर्जना गर्ने विषयमा छलफल भएको बताउनुभयो ।'


त्यस्तै, यस अस्पतालले तल्लो स्तरका वासिन्दाहरूलाई समेत सहज रूपमा सकेसम्म नि:शुक्ल सेवा प्रवाह गरेर अगाडि बढ्नु पर्ने वडाअध्यक्ष संगतले बताउनुभयो । उहाँले, वडावासीका लागि ३० प्रतिशत छुटको व्यवस्था मिलाईएको बताउनुभयो । 

पशुपति क्षेत्रमा अर्को अस्पताल नरहेकाले यस अस्पताललाई समुदायिक तथा सरकारी हिसावले सेवा प्रवाहमा अगाडि बढाउनु पर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यक्रमका सभापति सूर्य प्रसाद भसालले, वडा तथा स्थानीयवासीहरू सँगको सहज सेवा प्रवाहमा नेपाल भारत मैत्री अस्पताल एकदमै तदारुकताका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार