मन्त्रीपरिषदको बैठक : यी विषयमा छलफल हुने

दक्ष खबर 17388+ समाचार ( )
२४ भाद्र २०८३, बिहीबार

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले उक्त बैठक बोलाउनुभएको हो ।

बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार  खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।   

​सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार