पदक विजेता पलेशालाई राष्ट्रपतिद्वारा सम्मान

दक्ष खबर 16458+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा बोलाएर पौडेलले विजेता गोवद्र्धनलाई सम्मान गर्नुभएको हो । पलेशालाई राष्ट्रपति पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले पलेशासँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बुबाआमा र खेल संघका पदाधिकारीहरुको सहभागिता थियो ।

पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जित्नुभएको थियो ।

आज नै राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरले सम्मान गरेको थियो । साथै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार