राजावादीको हिंसात्मक प्रर्दशन संलग्नहरू पक्राउ पर्ने र अनुसन्धानको क्रममा छन् : गृहमन्त्री

दक्ष खबर 16514+ समाचार ( )
२८ फाल्गुन २०८१, शुक्रबार

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।

उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिदैं गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी हरेको बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उहाँले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिनुभयो ।

तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।

“ घाइतेलाई अस्पतालहरुमा पुगेरै मैले भेटेको छु,’ उहाँले भन्नुभयो–“ घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरुप रु दश÷दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।” उहाँले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या समेत गर्नुभयो । “ लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुदैन ।” उहाँले भन्नुभयो–“ हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुदैन ।”

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिनुभयो । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकको भनाई छ । “ यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु ।” उहाँले भन्नुभयो–“ घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा प्रष्ट छु, ।”


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार