काठमाडौँ । माछापुच्छ्रे आई वि वर्ल्ड स्कुलको प्रस्तुतिमा नेपाली नाटक ‘दाँतको डोब’ मञ्चन हुने भएको छ। फागुन ३० गते काठमाडौँको गौरीधारा स्थित कान्तिपुर फिल्म एकेडेमीमा नाटक प्रस्तुत हुने भएको हो।
चर्चीत रङ्गकर्मी खगेन्द्र लामिछानेद्वारा लिखित यस नाटकलाई विवेक न्यौपानेले निर्देशन गरेका हुन्। समाजका विभिन्न संवेदनशील विषयलाई कलात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्यका साथ नाटक तयार गरिएको बताइएको छ।
नाटकमा माछापुच्छ्रे वर्ल्ड स्कुलका विभिन्न तहमा अध्ययनर ४० जना विद्यार्थी कलाकारहरूको अभिनय रहनेछ। नाटकले मानवीय भावना, पीडा र सम्बन्धका जटिल पक्षलाई दर्शकसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार नाटक हेर्न इच्छुक दर्शकहरूले तोकिएका सम्पर्क नम्बरमार्फत जानकारी लिन सक्नेछन्। विद्यालयले सिर्जनात्मक कला र नाट्य संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।