आजदेखि सुरु भयाे एक महिने गुँला पर्व (तस्विरसहित)

दक्ष खबर 15668+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौँ । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ ।  विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।


काठमाडौँको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना भएकोले नेपाल संवतको नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

Sabin Muni Bajracharya १० श्रावण २०८२, शुक्रबार

नेपाल संबतको पात्रो अनुसार गुँला दशौं महिना हो। सच्याउनु होला। धन्यवाद।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार