काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले भुकम्पका कारण ज्यान गुमाएकाहरूको आत्माको शान्तिको लागि दीप प्रज्वलन गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर ४ का सभापति श्यामकृष्ण संगतको संयोजकत्वमा आज चावहिलको धन्दो चैत्यमा भुकम्प पिडितको आत्माको चिर शान्ति का लागि दीप प्रज्ववलन गरिएको हो ।
जाजरकोट र रूकुम पुर्वमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।
हालसम्म भुकम्पबाट ५ हजार ५ सय ६१ वटा घरमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ भने अांशिक रूपमा १० हजार ८ सय ७१ रहेको छ ।
त्यस्तै, भुकम्पमा परी हालसम्म जाजरकोटमा १०५ तथा रूकुम पूर्वमा ५२ गरी कुल १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने, १७० जना घाइते भएका छन ।