सम्झौतामा हस्ताक्षरपछि जेनजीहरूकाे आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै विवाद

दक्ष खबर 15671+ समाचार ( )
२५ मंसिर २०८२, बिहीबार

काठमाडौँ । जेनजी समुह र सरकार बिच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए ।

विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए । जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन् । 

प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार