भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

दक्ष खबर 16457+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडाैँ । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । 

मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार