पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्नसकेमात्र कांग्रेस बलियो हुने उल्लेख गर्नुभयो । “कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने,” उहाँले भन्नुभयो । कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राख्नुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बाँनिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेलगायतको उपस्थिति थियो ।