गोकर्णेश्वर नगरपालिका वडा ५ द्वारा उद्घोषण, प्रस्तावना तथा प्रतिवेदन लेखनसम्बन्धी १५ दिने तालिम

दक्ष खबर 15391+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आयोजनामा १५ दिने “उद्घोषण, प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालिम” को उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदी प्रमुख अतिथि रहनु भएको थियो। वडा सदस्य लक्ष्मी पुडासैनी र धर्म थिङ्ग लामा अतिथिका रूपमा तथा वडा सचिव अनिता खनाल कार्यक्रम सभापति रहनु भएको थियो।

प्रमुख अतिथि सुवेदीले उद्घाटन समारोहमा सम्बोधन गर्दै,"महिलाहरूले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्या उठाउन र आवश्यक योजना माग गर्न सकून् भन्ने उद्देश्यले, बोल्ने क्षमता र समूह सञ्चालन गर्ने नेतृत्व क्षमतालाई विकास गर्न यो तालिम आयोजना गरिएको हो,"

उहाँले महिलाको सशक्तिकरणका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। तालिममा प्रशिक्षकको रूपमा सम्झना सुवेदी रहनु भएको छ।

सहभागीहरूका अनुसार, तालिमले महिलाहरूलाई नेतृत्व, प्रस्तुतीकरण, तथा दस्तावेज लेखन जस्ता महत्वपूर्ण सीपहरूमा सक्षम बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार