गोकर्णेश्वर नगरपालिकाको मोबाइल एप्स सार्वजनिक, कसरी गर्ने डाउनलोड ?

दक्ष खबर 15665+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

काठमाडौँ । प्रविधिमैत्री शासन प्रणालीतर्फ अघि बढ्दैँ गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप्स सार्वजनिक गरेको छ । यस एप्समार्फत नगरवासीहरूले घरमै बसेर विभिन्न सेवा सहज रूपमा प्राप्त गर्नेछन् ।

नगरपालिकाका प्रमुख दिपक रिसालले, "गोकर्णेश्वर नगरपालिका एप्स" मा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको बताउनुभयाे । उहाँले एप्समा थप सुविधा विस्तारको तयारी भइरहेको बताउनुभयाे । 

प्रमुख रिजालले, “यस एप्सले नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास ब्यक्त गर्नुभयाे ।” उहाँले, “आगामी दिनमा सबै नगरपालिकाका सेवाहरूलाई एकीकृत गर्दै यस एप्समार्फत उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयाे ।”

उक्त एप्सको विकास गभर्नेन्स अटाेमेटिक साेलुसन प्रालीले गरेको हो । कम्पनीका निर्देशक महेश पोखरेलले, “गोकर्णेश्वर एप्सले स्थानीय शासनको डिजिटल रूपान्तरणमा टेवा पुर्‍याउँदै नागरिक र प्रशासनबीचको सम्बन्ध सुदृढ बनाउने बताउनुभयाे ।”

एप्समा डिजिटल नागरिक वडापत्र, स्वास्थ्य सम्बन्धी जानकारी, गुनासो तथा सुझाव पठाउने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा, विकास योजना तथा सल्लाह दिने सुविधा,आपतकालीन सूचना र सम्पर्क सुविधा, धार्मिक तथा पर्यटकीय स्थलहरूको जानकारी, सूचना तथा समाचार अद्यावधिक, घरमै सेवा प्राप्त गर्ने सुविधा, स्थानीय सेवा लगायतका सेवाहरू समावेश रहेकाे छ । 

एप्स कसरी डाउनलोड गर्ने?

गोकर्णेश्वर नगरपालिका एप्स एन्डाेइड र आइओएस् दुवै प्लेटफर्ममा उपलब्ध रहेकाे छ। नागरिकहरूले गुगल फ्ले स्टाेर वा एप्पल एप्स स्टाेरमा “Gokarneshwor Municipality” खोजी गरेर सजिलै डाउनलोड गर्न सक्ने जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार