काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ को वडा कार्यालय अगाडि रहेको फलामको आकाशे फुल स्थानान्तरण हुने भएको छ । काठमाडौँ महानगरपालिकाले २०७८ मागमा शिलान्यास गरि संरचना बनाउन शुरूवात गरेेको फलामको आकाशे पुलको स्थानान्तरण गर्न लागिएको हो ।
काठमाडौँ महानगरपालिका संम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, " स्थानान्तरणका लागि कार्यादेश जारी भईसकेको र डेडसय मिटर अगाडि जयवागेश्वरीबाट मित्रपार्क जाने तर्फ स्थानान्तरण गरिने बताउनुभयो ।" ताम्रेश्वर कन्ट्रक्सनले ३८ लाख ६१ हजार चार सय उनान्सत्तरी रूपैयाँको लागतमा पुल स्थानान्तरण हुने वडाअध्यक्ष संगतले बताउनुभयो ।
जयवागेश्वरीबाट पशुपतिनाथ जाने सर्वसाधारण एवं वडावासीहरूलाई पुल निर्माणले सहज हुने वडाअध्यक्ष संगतले बताउनुभयो । हाल पुल रहेको ठाउँमा सर्वसाधारणलाई बाटो काट्न सहज नभएकाले सर्वसाधारणलाई पाएक हुने ठाउँमा पुल सार्न लागिएको बताउनुभयो । उक्त पुलको निर्माण २०८१ चैत १५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने बताइएको छ ।