एसईई दिएर बसेका विद्यार्थीहरू लक्षित ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ असार १ र २ गते आयोजना हुने

दक्ष खबर 16459+ समाचार ( )
३२ जेठ २०८०, बिहीबार

काठमाडौँ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना हुने भएको छ । माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ्ग एन्ड इभ्यालुसन प्रोस्युडर  (स्टेप) ले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मेलाको बारेमा जानकारी दिएको हो । 

स्टेपको मुख्य उद्धेश्य शिक्षालयहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्दै आफ्ना सदस्य संस्थाहरूभित्र अध्ययन गर्ने विद्यार्थीहरूको पठनपाठन, अतिरिक्त क्रियाकलाप तथा मूल्याङ्न प्रणालीलाई व्यवस्थित गर्नु रहेको स्टेपले जनाएको छ । 

स्टेपले आगामी असार १ र २ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि स्टेपमा आवद्ध रहेका शिक्षालयको परिचय, त्यहाँ पठनपाठनका विषय, २ करोड बराबरको छात्रवृत्ति प्रदान, अतिरिक्त कृयाकलापका कार्यक्रम तथा ती शिक्षालयलले प्रदान गर्दै आएका शैक्षिक तथा भौतिक सुविधाहरूको जानकारी दिनका लागि ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना गर्न लागेको जनाएको छ।

सो कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष गरि करिब १५० भन्दाबढी शिक्षालयको सहभागिता रहने र काठमाडौं उपत्यकाभित्रका ५ हजार विद्यार्थीहरूको सहभागिता हुने स्टेपको दाबी छ । पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष रामप्रसाद दाहालले संस्थाको बारेमा जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक कृष्ण गौतमले एसईई उत्तिर्ण विद्यार्थी र उनीहरुका अभिभावकहरूले आगामी शिक्षाका लागि धेरै विद्यालय धाएर विद्यालयको बारेमा जानकारी लिनु झन्झटिलो हुँदा सेवा/सुविधाको बारेमा जानकारी लिन सहज होस् भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिरहेको बताएउनुभयो ।

कार्यक्रमका अध्यक्ष मदनकुमार सुबेदीले संस्थाले विद्यार्थीहरूलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उक्त कार्यक्रमले विद्याथीहरूको ठूलो जिज्ञासा मेटाउने दाबी गर्नभयो । उहाँले ,‘तपाईंले के पढ्ने, तपाईंको व्यक्तिगत प्रकृति र पारिवारिक प्रकृति आवश्यकत्ता के हो ? तपाईंलाई के चाहिएको छ, त्यो तपाईंले महसुश हुनेगरि तपाईंले आफूले आफूलाई चिन्नेगरि आफ्नो पहिचान गर्नेगरि हामी तपाईंलाई विभिन्न किसिमले धेरै जानकारी गराउने छौँ ।

’पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मदनकुमार सुबेदी, सचिव ओमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद दाहाल, कार्यक्रम संयोजक कृष्ण गौतम र सल्लाहकार राजेश राईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार