काठमाडौँ । एलरोज एजकेसनले सप्तऋषि पाठशालामा अवाकस प्रतियोगिता सम्पन्न गरेको छ । आइतबार करिब ५० जना विद्यार्थीहरूबिच प्रतियोगिता सम्पन्न भएको हो । ।
एलरोज एजुकेसनका निर्देशक लिरा पोख्रेलले," पहिलो तहका ५० जना विद्यार्थीहरू बिचको प्रतियोगितामा प्रनव कार्की प्रथम, सर्भेसा दाहाल द्वितीय, वियन्का चापागाईं तृतीय हुनु भएको बताउनुभयो ।"
उहाँले, "विद्यालयहरूमा अवाकसको महत्त्वलाई दर्शाउदैँ यसको प्रभावकारिता कायम गर्न थप मद्दत पुग्ने बताउदैँ गणितीय सुत्राधारमा आधारित अवाकस विद्यार्थीहरूका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।"
त्यस्तै, सप्तऋषि पाठशालाका प्रधानाध्यापक मिरा पुडासैनीले, "विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि अवाकस प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो ।" उहाँले, अवाकसले विद्यार्थीहरूमा गुणात्मक क्षमता अभिवृद्धि गरेको बताउनुभयो ।
एलरोज एजुकेसनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विद्यालयहरूमा अवाकस प्रतियोगिता गर्दै आईरहेको छ ।