काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको केन्द्रिय सभापतिमा प्रसान राई विजयी भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको राष्ट्रिय कार्यकारिणी समितिको मंगलबार सम्पन्न अधिवेशनबाट सभापतिमा प्रसान राई विजयी हुनेभएको हो ।
त्यस्तै, विभिन्न प्रदेशका पदाधिकारीहरु समेत चयन गरिएकाे छ । जसमा मधेस प्रदेशको सभापतिमा मो नौंसाद आलम, उपसभापतिमा श्रीजेश बुढाथोकी, सचिवमा सम्झना चौधरी, सहसचिवमा विश्वास सबर बजगाईं, कोषाध्यक्षमा भीम कुमार पुलामी र सदस्यमा रोहन श्रेष्ठ निर्वाचित भएका छन् ।