तरण दल प्रदेश सभा क्षेत्र 'क' जुम्लाकाे प्रथम प्रदेशसभा अधिवेशन सम्पन्न, अध्यक्षमा राेकाया

दक्ष खबर 16457+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

जुम्ला । नेपाल तरण दल प्रदेश सभा क्षेत्र 'क' जुम्लाकाे प्रथम प्रदेशसभा अधिवेशन सम्पन्न भएकाे छ ।

शनिवार जुम्लामा सम्पन्न नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल तरुण दल प्रदेश सभा 'क' जुम्लाकाे प्रथम अधिवेशनले अध्यक्षमा कृष्ण बहादुर राेकाया र सुमन के सीलाई सचिव पदमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

नव निर्वाचित अध्यक्ष राेकायाले, 'संगठनलाई थप गतिशील,स-शक्त बनाउने र युवाहरुलाई पार्टीमा संगठित गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयाे । 

नेपाली काङ्ग्रेस जुम्लाकाे पार्टी कार्यलयमा भएकाे अधिवेशनमा वडा अध्यक्षहरु, नेपालि काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे । १७ सदस्यीय प्रदेश सभा कार्यसमिति गठन गरिएको थियाे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार