बौद्धनाथ क्षेत्र विकास समितिले ३७ जनालाइ छात्रवृत्ति दिने, सार्वजनिक सूचना आव्हान

दक्ष खबर 2424+ समाचार ( )
१५ श्रावण २०८०, सोमबार

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ ।

बुधवार बसेको छात्रवृत्ति वितरण व्यवस्थापन उप समितिको बैठकले काठमाडौँ महानगरपालिका वडा-६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र-३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो ।

गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् । दरखास्तका लागि समितिको कार्यालय टुसालमा सम्पर्क गर्न समेत क्षेत्र विकास समितिले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार