काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।
पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा लामिछानेमाथि खोया प्रहार भएको हो ।
खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।