बिएएलएलबीको प्रवेश परिक्षामा रवि पाण्डेले निकाले पहिलो नम्बरमा नाम

दक्ष खबर 12604+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

काठमाडौँ । कपिलवस्तुका रवि पाण्डेले कानुन संकायअन्तर्गतको ब्याचलर (बिएएलएलबी)को प्रवेश परिक्षामा पहिलो नम्बरमा नाम निकालेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कानुन विभागले २०८०/०८१ को भर्ना समूहका लागि लिएको प्रवेश परिक्षामा पाण्डेले शिर्ष स्थानमा नाम निकालेका हुन ।

उनले प्रवेश परिक्षामा ७८.३३ अंक ल्याउँदै शीर्ष स्थानमा नाम निकालेका हुन् । पाण्डेले प्रवेश परिक्षाका लागि ‘डिजुरे इन्स्टिच्युट अफ ल’बाट प्रवेश परिक्षाको तयारी गरेका थिए ।आफूले शिर्ष स्थानमा नाम निकाल्दा आफू हर्षित भएको बताएका छन् । उनी भन्छन्, ‘नाम निकाल्नका लागि मात्रै पढिरहेको थिएँ । तर, पहिलो नम्बरमा नै नाम आउँदा निकै खुसी भएको छु ।’

आफूले कानुनमा ब्याचलर्स अध्ययन गर्न नेपाल ल क्याम्पसलाई नै गन्तव्य बनाएर तयारी गरेको उनी बताउँछन् । प्रवेश परिक्षामा शिर्ष स्थानमा नाम निकालेसँगै आफू त्यहि पढ्ने रविले बताए । ‘नेपाल ल क्याम्पसका लागि मात्रै तयारी गरेको थिएँ,’ उनी भन्छन्, ‘अब त्यहि नै पढने हो । प्रवेश परिक्षामा पाएको सफलताले खुसी दिएको छ । सहयोग गर्ने सबैलाई सम्झिएको छु ।’

प्रतिक्रिया

Surendra jaiswal १० मंगशिर २०८०, आइतबार

Congratulations 🎉

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार